हाम्रो बारेमा
कृषि उत्पादन तथा पशुपंक्षी पालन क्षेत्रमा उत्पादन गर्न यसै कठिन, उत्पादनको उचित मुल्यमा बजारीकरण गर्न झन् कठिन छ । बिचौलिया ब्यापारी मात्रै मोटाउने तर उत्पादक कृषक सँधै मरिरहने हुँदा कृषि व्यवसाय र किसान गम्भीर संकटमा छन् । उत्पादक कृषकको बजारमा पहुँच छैन भने सरकारद्वारा बजारीकरणको कुनै संयन्त्र बनाइएको छैन । फलस्वरूप धेरै दिन लगाएर धेरै तहका बिचौलिया मार्फत उपभोक्ताको भान्सामा कृषि उत्पादन पुग्ने हुँदा बर्षौं लगाएर उत्पादन गर्ने कृषकले उचित मुल्य पाएको छैन भने उपभोक्ताले पनि गुणस्तरीय र ताजा उत्पादन सुलभ दरमा पाएका छैनन् । बिचौलियाले मात्रै फाइदा उठाउने हुँदा उत्पादनमा भन्दा सबैको आकर्षण बिचौलिया ब्यापारमा छ । परम्परागत बजारमा पूँजिपति ब्यापारीले मात्रै पकड जमाउन सक्ने हुँदा बिचरा उत्पादक किसान ब्यापारिक सिन्डिकेटमा उकुस-मुकुस भएको छ । नबिकेर फाल्नुभन्दा घाटामै भएपनि कृषि उपज बेच्न बाध्य छ तर किसानलाई भाउ घट्दा उपभोक्तालाई कहिल्यै भाउ घटेको थाहा पाइएको छैन । अब परम्परागत किसानमारा बजारीकरणबाट नयाँ सोच र शैलीको आधुनिक बजारीकरण तर्फ अगाडि बढ्न जरुरी देखिन्छ । जसबाट उत्पादक र उपभोक्ता वीच सिधा सम्पर्क स्थापित हुन्छ र बिचौलियाले खाने फाइदा उत्पादक किसान र उपभोक्ताले दुबैले पाउँछन् । यसबाट उत्पादक र उपभोक्ता दुबै पक्षलाई फाइदा पुग्छ । यस्तै समस्याको समाधान स्वरुप देश भरका व्यवसायिक बाख्रापालक कृषकहरुको आफ्नै मौलिक उत्पादन खसीबोकाको बजारीकरणका लागि ल्याइएको नेपालकै पहिलो अनलाइन बजार हो: खसी बजार डट कम र यसको अनलाइन ठेगाना हो: www.khasibazar.com जहाँबाट खसीबोका उत्पादक कृषकले आफ्नो खसीबोकाको बिबरण, तौल र मुल्य सहितको फोटो भिडियो राख्नुहुनेछ भने आवश्यकता अनुसार मासु पसल संचालक, पार्टी प्यालेस संचालक, होटेल रेष्टुरेन्ट संचालक, दशैं तिहार जस्ता चाडपर्व, बिबाह ब्रतबन्ध जस्ता सामाजिक पर्वमा, घर परिवारबाट गृहिणी दिदीबहिनीहरुले समेत अनलाइन अर्डर गर्न सक्नुहुन्छ । अब उत्पादक किसान र उपभोक्ताको वीच बिचौलियाको उपस्थिति रहनेछैन र उपभोक्ताले रोजीरोजी छानीछानी सिधै अर्डर गरी किन्न सक्नुहुन्छ, पैसा पनि इ-सेवा, फोन-पे जस्ता अनलाइन बैंकिङ्ग सेवा मार्फत तिर्न सक्नुहुन्छ वा पैसा घरमै डेलिभरीका समयमा हातैले तिर्न पनि सक्नुहुन्छ । दिइएको ठेगानामा जिउँदो खसीबोका वा तैयारी मासु तोकिएको समयभित्र डेलिभरी हुन्छ । यो प्रणाली अब केही दिनमै दैलेख, तनहुँ र काठमाण्डौ उपत्यकाबाट शुभारम्भ हुँदैछ र बिस्तारै देशभर बिस्तार हुनेछ । यो बजार प्रणाली सफल कार्यान्वयन भएपछि सम्पूर्ण कृषि उपज तथा खाद्यन्न बजारलाई पनि यहि मोडेलमा संचालन गर्ने सोच रहेको छ । सबैको रचनात्मक सुझाव, सल्लाह र जिज्ञासाको हामी किसानहरु स्वागत । दुरदराजका उत्पादक र उत्पादनलाई सिधै उपभोक्ता सँग जोड्ने यो नयाँ प्रयोग र प्रयासलाई प्रेरणा, साथ र सहयोग दिनु सबैअसल नागरिकहरुको कर्तव्य हुन आउँछ । तसर्थ हाम्रो प्रणाली शुभारम्भ भएपछि जिउँदो खसीबोका चाहिएमा वा खसीबोकाको तैयारी मासु चाहिएमा पनि खसी बजार डट कम को वेब साइट www.khasibazar.com मार्फत अर्डर गरी किनिदिनुहुन र हाम्रो फेसबुक पेज खसी बजार डट कम लाई लाइक, कमेन्ट र फलो गरिदिनु भई किसानलाई हौसला प्रदान गरिदिनुहुन सबिनय अनुरोध गरिन्छ । हाम्रो हालको भाइबर, Whatsapp र ईसेवा नं. 9846131640 रहेको छ । धन्यवाद ! जय किसान !!

Whole Nepal Shipping

Best Quality

Best Price
